punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस कैलालीको समीक्षा बैठक तीन पदाधीकारीद्वारा बहिष्कार

Chaupati
safha napa

नेपाली कांग्रेस कैलाली जिल्ला कार्य समितिको बैठक जिल्ला कार्य समितिकै तीनजना पदाधिकारीले बहिष्कार गरेका छन् । जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्टले १९ गतेका लागि पदाधिकारीहरूलाई १५ गते पत्र पठाएका थिए ।

आन्तरिक पार्टी सङ्गठनसँग सम्बन्धित विषयवस्तु र स्थानीय तह निर्वाचन २०७९ को समीक्षात्मक टिपोटका विषयमा छलफल गर्ने कार्यसूची थियो ।

आइतबार कैलालीको घोडाघोडी नगरपालिका सुखडस्थित खानेपानीको सभाकक्षमा आयोजना गरिएको बैठकमा वर्तमान कार्यसमितिका उपसभापति खेम चौधरी, सचिव नृपबहादुर सुनार र सहसचिव कलेसु चौधरी र सभापतिमा भट्टसँग पराजित भएका प्रकाश बम पनि अनुपस्थित भए ।

टिकट दिँदा छलफल नगर्ने अनि निर्वाचनको समीक्षामा चाहिँ किन आवश्यक पर्‍यो भनेर बहिष्कार गरेका एक पदाधिकारीले बताए।

 

 


१९ असार २०७९, आइतवार १६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु