गोली लागेर एक युवक घाइते, २ जना पक्राउ
सिरहाको लहानमा साथीले चलाएको गोली लागेर एक जना युवक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा लहान नगरपालिका-२२ बेल्ही जटियाहीका युवक दिलिप मुखियाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राचन्द्र साहले बताए । निरीक्षक साहका अनुसार दिलिपको पेटमा गोली लागेको छ भने उनलाई उपचारको लागि धरान लगिएको छ ।
घटना रविन चौधरीको घरमा भएको निरीक्षक साहले बताए । उनका अनुसार प्रहरीले घटना भए लगत्तै १९ वर्षीय शुशान्त चौधरी र लिलिप मुखियाँलाई नियन्त्रणमा लिएको छ ।
१२ असार २०७९, आइतवार १८:५८ बजे प्रकाशित































