punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रीबाट बिदा भए प्रेम आले र रामकुमारी झाँक्री

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्री सरकारबाट बाहिरिएका छन्।

उनीहरू आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट बिदा भएका हुन्। दुवै जनाले आफ्नो पदबाट राजीनामा दिएको बताएका छन्।

मन्त्री आलेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन्। उनले दुई दिनअघि नै राजीनामा बुझाएको बताए। पार्टी अध्यक्षमार्फत नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएको आलेको भनाइ छ।

त्यस्तै, शहरी विकास मन्त्री झाँक्रीले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएकी छन्। आइतबार बेलुकी बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएपछि उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेकी थिइन्।

पत्रकार सम्मेलनमा दुवै जनाले आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी दिएका छन्। झण्डै नौ महीनाको अवधिमा सुधारका थुप्रै काम गरेको उनीहरूको भनाइ छ।

 


१२ असार २०७९, आइतवार १९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु