आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

प्रदेश १, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

आज दिउँसाे पनि मुलुकका कतिपय स्थानमा पानी पर्ने सम्भावना छ । विशेषगरी प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेसका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


२४ जेठ २०७९, मंगलवार ०७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु