punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकपका फाइनिस्टबीच भिडन्त, क्रोएसियाले रोक्यो फ्रान्सलाई बराबरीमा

Chaupati
safha napa

यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा गत विश्वकपका फाइनलिस्टहरु फ्रान्स र क्रोएसियाबीच बराबरी भएको छ।

५२ औँ मिनेटमा फ्रान्सले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरीमा ल्याएको थियो। आन्द्रेया क्रेमारिचले ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

गत विश्वकपमा क्रोएसियालाई हराएर फ्रान्सले उपाधि जितेको थियो। फ्रान्स नेसन्स लिगको साविक विजेता पनि हो।

तर यसपटक नेसन्स लिगमा फ्रान्सले दुई खेलबाट एक अंक मात्र जोडेको छ। पहिलो खेलमा डेनमार्कसँग १–० गोलले पराजति भएको थियो। डेनमार्कसँग खेलेका १० जना खेलाडीलाई क्रोएसियाविरुद्ध स्टार्टिङ इलेभेनमा समावेश गरिएको थिएन।


२४ जेठ २०७९, मंगलवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु