punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिभुवनबस्ती स्वास्थ्य चौकीका सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द

Chaupati
safha napa

कञ्चनपुर,जेठ २७ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । 

पछिल्लो समय सुदूरपश्चिम सँगै पुनर्वासमा पनि कोरोना संक्रमितका बिरामीहरू बढ्दै गएपछि र स्वास्थ्य सेवामा खटिरहेकै अवस्थामा एक जना स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेपछि स्वास्थ्य चौकीले सो निर्णय गरेको हो ।

स्वास्थ्य चौकीले आज सूचना जारी गर्दै बाकी स्वास्थ्यकर्मीमा पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको हुँदा सेवाबाट सेवा ग्राहीमा संक्रमण फैलिन नदिन अनिश्चितका लागि सेवा बन्द गरिएको त्रिभुवनबस्ती स्वास्थ्य चौकीका प्रमुख गजेन्द्र विष्टले बताए ।

उनका अनुसार यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीको कोरोना परिक्षण गरी उनीहरूको कोरोना रिर्पोट नआउन्जेल सम्मको लागि सेवा बन्द गरिएको बताए ।  यसबाट पर्न गएको असुविधा प्रति स्वास्थ्य चौकीले क्षमायाचना गरेको छ  । हिजो मात्रै  कञ्चनपुरमा स्वास्थ्यकर्मी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

यसअघि कञ्‍चनपुरको पुनर्वास  नगरपालिकाका ३६ वर्षीय ल्याव असिस्टेन्टमा पनि कोरोना पुष्टि भएको थियो। उनको अहिले सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्‍चालित कोरोना अस्थायी अस्पतालमा उपचार भइहेको छ।


२७ जेठ २०७७, मंगलवार ०३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु