punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा फेरी अर्का स्वास्थ्यकर्मीमा पनि देखियो कोरोना

Chaupati
safha napa

धनगढी,जेठ २७ । सुदूरपश्‍चिम प्रदेशमा हिजो ३७ जनामा कोरोना पुष्टि भएकोमा एक जना स्वास्थ्यकर्मी रहेको खुलेको छ।

यसअघि कञ्‍चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो। कञ्‍चनपुरकै अर्का स्वास्थ्यकर्मीमासमेत कोरोना पुष्टि भएको हो।

पुनर्वास नगरपालिकास्थित त्रिभुवनवस्तीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो। उनी कोरोना शंकास्पद बिरामीको स्वाब संकलनमा खटिएका थिए। उनीहरू दुवै सँगै काम गर्दै आएका थिए।

उनी स्वास्थ्यकर्मीलाई बनाइएको छुट्टै आइसोलेसनमा बसेका छन्। यसअघि कञ्‍चनपुरको पुनर्वास नगरपालिकाका ३६ वर्षीय ल्याव असिस्टेन्टमा पनि कोरोना पुष्टि भएको थियो।


२७ जेठ २०७७, मंगलवार ०२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु