punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामकी गर्भवतीमा कोरोना पुष्टि

Chaupati
safha napa

अछाम,जेठ २७ । अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो।

भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा स्वास्थ्य समस्या देखिएपछि सोमवार उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाईएको थियो। यसैबीच मंगलवार एक दिनका लागि नेपालगंज मेडिकल कलेजका ओपिडीहरु बन्द हुने भएका छन् ।

कोरोना पुष्टि भएकी गर्भवतीको आन्द्रा बेरिएका कारण आपतकालीन शल्यक्रिया गर्नका लागि अस्पतालका सम्पुर्ण वहिरंग विभाग बन्द गरिएको सह निर्देशक डाक्टर कडौडियाले जानकारी दिए ।

अछामको वयलपाटा अस्पतलाबाट रेफर भएर त्यहाँ लगिएकी महिलाको शल्यक्रिया पछि वुधवारदेखि सवै सेवा सुचारु हुने नेपालगंज मेडिकल कलेज कोहलपुरले जनाएको छ ।


२७ जेठ २०७७, मंगलवार ०४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु