लोहोरो प्रहार गरी श्रीमान्‌को हत्या

दाङमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । लोहोरो प्रहार गरी श्रीमान्‌को हत्या गरेको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका– १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीलाई ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको सम्बन्धनमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

श्रीमान्‌ले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।


२३ जेठ २०७९, सोमवार २१:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु