punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरीको गोली लागि एकजनाको मृत्यु

Chaupati
safha napa

बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीलाई हटाएर सडक खुलाउने क्रममा गोली चल्दा मधुवन नगरपालिका वडा नं.२ को १८ बर्षिया नविना थारुको मृत्यु भएको स्थानीय कृष्ण परियारले जानकारी दिए । स्थानीयले गुलरिया राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेपछि प्रहरी परिचालन गरिएको थियो ।

सोमबार बिहान मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयले सडक बन्द गर्दै सुरक्षाको माग गरेका थिए । घाइते अस्मिताको नेपालगञ्जमा उपचार भइरहेको छ ।

मृतक नविनाको शव अहिले बर्दिया अस्पतालमा राखिएको छ । गोली लागेर घाइते भएका एकजनाको नेपालगञ्जमा उपचार भरहेको स्थानीयको भनाइ छ । केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो ।

 


२३ जेठ २०७९, सोमवार २२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु