भुटानमाथि नेपालको सानदार जित
नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । मलेसियामा सोमबार भएको खेलमा पहिला ब्याटिङ गर्दै भुटानले ६७ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका किरण कुमारी कुँवरले २, साना प्रविणले १२, सानु राजवंशीले ३०, आश्मा पुलामी मगरले ३, कप्तान कृतिका मरासिनीले २, शृष्टी जैसीले ८ र एलिसा कुमारी यादवले अविजित २ रन बनाइन् ।
बलिङमा भुटानकी साङ्गे वाङवोले ३ विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।
२३ जेठ २०७९, सोमवार १४:४७ बजे प्रकाशित












