punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा किशोर मृत्यु प्रकरणः विनायक बजारमा प्रदर्शन

Chaupati
safha napa

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर- ४ का १७ बर्षीया विनोद शाहीको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले ३ दिनसम्म पनि शव उठाएका छैनन्।

१७ गतेदेखि बेपत्ता रहेका किशोर जेठ २१ गते शनिवार कुच्ची भिरमा मृत अवस्थामा भेटिएसँगै घटनाको अनुसन्धान गर्न प्रहरीले आवश्यक प्रक्रिया अगाडी बढाउन खोज्दा आफन्तले हत्या गरिएको भन्दै शव उठाउन नदिएका हुन्। मृतक शाहीको कांग्रेस कार्यकर्ताले हत्या गरेको एमाले कार्यकताले आरोप लगाएका छन्। कांग्रेस नेताको नेतृत्वमा उनको हत्या गरिएको भन्दै मृतकका आफन्तले शनिवार पंचदेवल विनायक नगरपालिकाको विनायक बजारमा प्रदर्शन गर्दै चक्काजाम गरेका छन्।

यस्तै विनायक बजारमा प्रदर्शन हुनुका साथै मध्य पहाडी लोक मार्गमा आफन्तले चक्काजाम गदै आएका छन् । घटनामा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधि संलग्न रहेको घटनाबारे स्थानीय प्रहरी प्रशासनले लापरबाही गरेको भन्दै उनीहरू आन्दोलित र आक्रोशित भएका छन् । नगरपालिकाका नव निर्वाचित नगर प्रमुख अम्बिका चलाउने विरुद्ध नाराबाजी समेत गरेका छन् ।विनायक बजारमा प्रदर्शनका क्रममा शनिवार स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फाएर समेत गरेको थियो ।मृतकका आफन्तले किशोरको हत्यामा संलग्न भएको भन्दै नगर प्रमुख अम्बिका चलाउने सहित १८ जना विरुद्ध किटाने जाहेरी दर्ता गर्न खोजे पनि जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेको बताएका छन्।

किटानी जाहेरी दर्ता गर्नु पर्ने र जाहेरी अनुसार आशङ्का गरिएकाहरूलाई नियन्त्रणमा लिनुपर्ने आफन्तको माग छ।


२३ जेठ २०७९, सोमवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु