सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको चिठ्ठी

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको छ । सलमानका बुबालाई उक्त धम्कीसहितको पत्र प्राप्त भएको थियो ।

यसबारे प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले यो मुद्दा मुम्बईको बान्द्रामा दर्ता गरेको छ । पत्रमा सलमानलाई सिद्धु मुसेवालाको जस्तो अवस्था बनाइदिने धम्की दिइएको छ ।

सिद्धु मुसेवालाको मृत्युपछि सलमान खानको सुरक्षा बढाइएको थियो । पहिले सिद्धु मुसेवाला हत्याकाण्डका मुख्य अभियुक्त लरेन्स बिश्नोईले केही वर्षअघि सलमान खानलाई मार्ने योजना बनाएका थिए ।

यही कुरालाई ध्यानमा राख्दै सलमान खानलाई धम्की दिएपछि उनको सुरक्षा बढाइएको थियो ।हाल गुण्डा नाइके बिश्नोई तिहाड जेलमा छन् ।


२३ जेठ २०७९, सोमवार १२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु