बढ्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ? 

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर सोमबार ९८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आइतबार तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


२३ जेठ २०७९, सोमवार ११:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु