punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा

Chaupati
safha napa

डोटी प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जनालाई पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–६ अस्पताल मोडबाट डम्मर बोहराको होटलमा बसेर होहल्ला गरिरहेका ४ जनालाई बुधवार राति नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक ( एसपी) शारदाप्रसाद चौधरीले बताए।

राति केही मानिसहरुले मादक पदार्थ सेवन गरी हो हल्ला गर्नुका साथै बन्दुक समेत पड्काई रहेको भन्ने सूचनापछि त्यहाँ प्रहरी पुगेको उनले बताए । उक्त होटलबाट १ थान भरूवा बन्दुक समेत बरामद भएको प्रहरीले बताएको छ। घटनापछि फरार भएका ३ जनालाई भने विहीवार नियन्त्रण लिइएको एसपी चौधरीले बताए।

अहिले पक्राउ परेका सातै जनामाथि अनुसन्धान भइरहेको डोटी प्रहरीले जानकारी दिएको छ। होटल शाहुबाहेक अन्यको नाम भने प्रहरीले खुलाएको छैन।


१९ जेठ २०७९, बिहीवार १७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु