punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सांसदहरुको सडकका लागि ७ अर्ब बजेट

Chaupati
safha napa

सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको बजेट बढाएको छ । सांसदहरुले आफूले रोजेका आयोजनामा खर्च गर्न पाउने गरी बजेट दिने परम्परा रोक्न भन्दै सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक विकास गर्न यो कार्यक्रम सुरु गरेको थियो ।

चालु आर्थिक वर्षमा यो कार्यक्रम अन्तरगतका सडकका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सांसदहरुले छनोट गरेका निर्वाचन क्षेत्रभित्रका नेटवर्क सडकका लागि यो बजेट विनियोजन भएको हो ।

गत वर्ष यो शीर्षकमा सडक तथा पुल निर्माणका लागि मात्रै १ अर्ब ४८ करोड बजेट विनियोजन भएको थियो । आगामी वर्षका लागि ६ अर्ब ९८ करोड रुपैयाँ बजेट राखिएको छ ।

 


१९ जेठ २०७९, बिहीवार १७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु