punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक जनाको शब फेला

Chaupati
safha napa

कञ्चनपुर,जेठ २५ । कञ्चनपुरका एक जनाको नालामा डुबेर मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डाका लालबहादुर चौधरीको नालामा डुबेर मृत्यु भएको हो।

उनी महेन्द्रनगरको राधाकृष्ण टोल र हरीत टोलको सीमानामा पर्ने नालामा शनिबार मृत भेटिएका थिए। भीमदत्त नगरपालिका वडा नम्बर १५ हरीतटोलमा बस्दै आएका ३५ वर्षीय चौधरीको नालामा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। उनी धानको बीउको लागि यूरीया लिएर नाला माथिको काठको पुलबाट गएका थिए।

बालबालीकाले उनलाई मृत फेला पारेका स्थानीयले बताएका छन्। उनका श्रीमती र दुई छोरी रहेका छन्।उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल राखिएको छ ।


२५ जेठ २०७७, आइतवार ०८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु