punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश : जसपा प्रतिपक्षीमा

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभामा जनता समाजवादी पार्टी ९जसपा० प्रतिपक्षी दल बनेको छ । सोमबारदेखि शुरु भएको दशौं अधिवेशनको पहिलो बैठकमा जसपा प्रतिपक्ष टेवलमा बसेको हो ।

केन्द्रमा जसपा सत्तासाझेदारी पार्टीसँग रहेपनि प्रदेशमा सरकारमा समावेश नगरेपछि सो पार्टी प्रतिपक्षी बनेको जनाइएको छ । प्रदेशसभामा जसपासँगै लोकतान्त्रिक समाजवादी पार्टी र एमाले पनि प्रतिपक्षी दल बनेको छ ।

यसअघि नवौं अधिवेशनमा प्रदेशमा नेपाली काँग्रेस पनि प्रतिपक्षीको टेवलमै रहेको थियो । स्थानीय तहको निर्वाचन अघि सरकारमा सहभागि भएपछि अहिले सो पार्टी सत्तागठबन्धनतिर बसेको छ ।


१६ जेठ २०७९, सोमवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु