punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हत्या आरोपमा मोरङमा ३ जना पक्राउ

Chaupati
safha napa

मोरङको कटहरी गाउँपालिका २ आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको हत्याको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका- १ का ३३ बर्षीय रविन भुजेल र २९ वर्षीय कपिल माझी र वडा नम्बर ३ का २८ वर्षीय नितेश चौधरी छन् ।

आज बिहान साढे ६ बजे महेशपुर थानगाछीस्थित बित्तु माझीको खेतमा श्रेष्ठ मृत भेटिएका थिए ।

आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगालगायतका हतियार टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।


१६ जेठ २०७९, सोमवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु