काठमाडौं महानगरका उपमेयर सुनितालेले लिए सपथ
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।
उपमेयर डंगोललाई मेयर साहले सपथ ग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै सपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा सपथ ग्रहण गराउँदा डंगोलले नेपाल भाषामा सपथ लिएकी हुन् ।
मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
१६ जेठ २०७९, सोमवार १३:०१ बजे प्रकाशित































