punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मतदाता भन्छन्- हामीलाई भ्रष्टाचार होइन, विकास गर्ने जनप्रतिनिधि चाहियो

Chaupati
safha napa

कैलालीमा मतदान गर्न आउने मतदाताले मतदान गर्न सहज भएको बताएका छन् । महिला, पुरुष तथा अपाङ्गता भएका मानिसहरूलाई छुट्टाछुट्टै लाइन भएपछि मतदाताले सहज भएको बताएका हुन् ।

धनगढीका राजीव पन्तले मतदान गर्न सहज भएको बताएका छन् । ‘अघिल्लो पटक मतदान असहज भए पनि यसपटक भने सहजै भयो,’ उनले भने । यसपटक अपाङ्गता भएका व्यक्तिलाई पनि सहज भएको उनको भनाइ छ । बाटोमा आउँदा असहज भए पनि भोट हाल्ने ठाउँमा भने सहजै भएको उनले बताए । अबका जनप्रतिनिधिले धनगढीको विकास गनुपर्ने बताए ।

धनगढीकै दुर्गादेवी जैसीले भोट हाल्ने ठाउँमा सहजै भएको बताइन् । ‘भोट हाल्ने ठाउँमा सहज भएको छ, उनले भनिन्, ुअब हामीले चुनेका जनप्रतिनिधिले हाम्रा लागि पनि काम गर्नुपर्छ ।’ नगरको विकाससँगै अपाङ्गता भएका व्यक्तिलाई पनि हेर्नुपर्ने उनको भनाइ छ । अब भ्रष्टाचार गर्ने होइन, देश बनाउने नेता चाहिएको उनी बताछिन् ।

विभिन्न शारीरिक समस्याका बीच पनि भोट हाल्न आएका मतदाताले अब भ्रष्टाचार होइन, विकास गर्ने जनप्रतिनिधि चाहिने बताएका छन् ।

धनगढीका मतदाता धनबहादुर शाहले हाम्रो होइन, राम्रोलाई मतदान गर्नुपर्ने बताए । अघिल्लो पटक मतदान गरेर निर्वाचित भएका जनप्रतिनिधिले आफ्ना वाचाहरू पूरा गर्न नसकेको उनको भनाइ छ । ‘धनगढीको विकास ५ वर्षसम्म पनि हुन सकेन । अब त बन्छ कि भन्ने आशा छ ।’ धनगढी उपमहानगरपालिकाको विकासका लागि गरिएका कुनै पनि वाचा पूरा नभएको उनले बताए । अब चुनिने जनप्रतिनिधिले आफूले गरेका वाचा पूरा गर्नुपर्ने उनले बताए ।

धनगढीको विकासका लागि बाँकी रहेका कामहरू अब आउने जनप्रतिनिधिले गर्नुपर्ने शिवनगरका शेरबहादुर चन्दले बताए । ‘धनगढीको विकासका लागि अधुरा रहेका काम अब आउने प्रतिनिधिले गर्नुपर्छ,’ उनले भने, ‘यसपटक भने जनतालाई जनप्रतिनिधिले धोका दिनु हुँदैन ।’


३० वैशाख २०७९, शुक्रवार २१:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु