punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्षका उम्मेदवार ओझाले भने,’प्रेम आले जि राती राती नो इन्ट्री,सेन्ट्री बसेका छौँ’

Chaupati
safha napa

डोटीको जोरायल गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार दुर्गा ओझाले राती राती भोट माग्न आउनेको लागि सेन्ट्री बस्न तयार रहेको बताएका छन् । उनले एकीकृत समाजबादीका नेता प्रेम आलेलाई लक्षित गर्दै भने –’ प्रेम आली जि राती राती नो इन्ट्री ।’ओझाले जोरायलमा एमाले जनलहर देखेर अन्य पार्टीका नेताहरू दिउँसो प्रचार गर्न छोडेर राती राती प्रचार गर्न थालेको आरोप लगाए ।

“प्रेम आले जि तपाईं सुर्य बाट चुनाब जितेको मान्छे हो , राती राती नघुम्नुस । भोट माग्ने भए दिउँसो आउनुहोस् । राती राती घुम्ने त चोर मात्रै हो ,“ओझाले भने,“ दिउँसो प्रचार गर्ने अधिकार सबै को छ । तर राति गाउँ गाउँ गएर खसी बोका काटेर मतदातालाई प्रभाबित नगर्नुस् । “ ओझाले मुख्यमन्त्री त्रिलोचन भट्ट प्रती पनि आक्रोश पोखे ।

“माओवादी एक्लै चुनाव लडे चुनाब मा जमानत जफत हुन्छ । त्यो बेला पनि मुख्यमन्त्री भट्ट ले एमाले कै मतले चुनाव जितेका हुन,“ ओझाले भने ,“धेरै फुर्ती नलगाए हुन्छ मुख्यमन्त्री ज्यु हिम्मत भए एक्लै चुनाव लडे हुन्छ तर आर्थिक प्रलोभनमा पारेर मतदातालाई दुख नदिनु होला । “उनले जोरायल मा एमाले का उम्मेदवार ले सजिलै चुनाब जित्ने बताए ।


२५ वैशाख २०७९, आइतवार १७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु