punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप १७ जनामा कोरोना संक्रमण, २०१ जना सक्रिय संक्रमित

Chaupati
safha napa

देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना निको भएका छन् भने हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २०० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूमा उपचाररत् छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।


२५ वैशाख २०७९, आइतवार १७:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु