प्रचार प्रसार गर्दा अन्य दलको झण्डा प्रयोग नगर्न आयोगको चेतावनी
स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरूले समेत निर्वाचन प्रचार प्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीको विषयमा निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले प्रचार प्रसारको क्रममा निर्वाचन आचार संहितामा उल्लेख भए भन्दा फरक ढङ्गले झण्डा र चिन्ह प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दल बाहेक अन्य दलको झण्डा तथा चिन्ह प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानुन बमोजिम कारबाही तथा सजाय हुने आयोगले चेतावनी दिएको हो हो ।
२४ वैशाख २०७९, शनिवार २१:३९ बजे प्रकाशित































