punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इन्डियन प्रिमियर लिग : राजस्थान र लखनउको जित

Chaupati
safha napa

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स विजयी भएका छन्।

शनिबार भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सकलाई ६ विकेटले हराउँदै राजस्थानले जित हात पारेको हो। मुम्बईको वान्खेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो।

१ सय ९० रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले २ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हात पारेको हो।शनिबार नै भएको अर्को खेलमा लखनउले कोलकोत्ता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै जित हात पारेको छ। टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको लखनउले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो।

१ सय ७७ रनको लक्ष्यसहित मैदान उत्रेको कोलकोत्ता १४ दशमलव ३ बल खेल्दै १ सय १ रनमै अलआउट भयो। जितसँगै लखनउ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ। कोलकोत्ता आठौं स्थानमा रहेको छ।

आईपीएल अन्तर्गत आइतबार दुई खेल हुनेछन्। आजको पहिलो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गरोल तथा दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ।


२५ वैशाख २०७९, आइतवार ०९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु