punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईपीएल : पन्जाबद्वारा गुजरात पराजित

Chaupati
safha napa

इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पराजित भएको छ। मंगलबार राति मुम्बईमा सम्पन्न खेलमा पन्जाब किङ्सले गुजरातलाई ८ विकेटले हराएको हो।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। पन्जाबका लागि शिखर धवनले अविजित ६२ रन बनाए भने भानुका राजपाक्षेले ४० रन जोडे।

लियाम लिभिङस्टोन ३० रनमा अविजित रहँदा जोनी बेयर्सटो १ रनमा आउट भए। गुजरातका मोहमद शामी र लक्की फर्गुसनले १/१ विकेट लिए।

यसअघि डीवाई पाटिल स्पोर्स्ट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो।

गुजरातका साई सुदर्शनले अविजित ६५ रन बनाए भने रिद्दिमान शाहले २१ रनमा आउट भए। डेभिड मिलर र राहुल टेवाटियाले समान ११ रन जोड्दा अन्यले सम्झनलायक प्रदर्शन गरेनन्। पन्जाबका कागिसो राबडाले ४ विकेट लिए।

जितसँगै १० खेलमा १० अंक जोडेको पन्जाब छैटौं स्थानमा उक्लिएको छ। समान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको गुजरातको यो दोस्रो हार हो।


२१ वैशाख २०७९, बुधवार ०७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु