punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिरञ्जिवी र रामचरणको ‘आचार्य’ ओटिटीमा रिलिज हुँदै

Chaupati
safha napa

दक्षिण भारतीय अभिनेता रामचरण र चिरञ्जिवीको नयाँ फिल्म यही मे २७ मा रिलिज हुने भएको छ। बाबुछोरा चिरञ्जिवी र रामचरणको फिल्म ‘आचार्य’ अमेजन प्राइम भिडिओमा मे २७ मा रिलिज हुने बलिउड लाइफले लेखेको छ।

चार सातापछि ओटिटीमार्फत् रिलिज हुन लागेको यो फिल्म सिनेमा हलमा भने यही अप्रिल २९ देखि लागिसकेको छ। दक्षिण भारतका चर्चित मानिने यी बाबुछोराको फिल्मले एकदमै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो।

आचार्य ले पहिलो दिन ३७ करोड भारूको व्यापार गरेको थियो। अहिलेसम्म फिल्मले जम्मा ५१ करोड भारू मात्र कमाएको छ।

यसका बाबजुद अमेजन प्राइममा यो फिल्म राम्रो मूल्यमा बिक्री भएको बताइएको छ। चिरञ्जिवी र रामचरणका अन्य केही फिल्म पनि आउने तयारीमा छन्। रामचरणको नयाँ फिल्म ‘आरसी १५’ को बारेमा चर्चा सुरू भइसकेको छ। ‘आचार्य’ मा रामचरण र चिरञ्जिवीका साथै पूजा हेग्डेको पनि मुख्य भूमिका छ।


२० वैशाख २०७९, मंगलवार २२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु