punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चाउचाउ किनिदिने लोभ देखाएर पाँच वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

Chaupati
safha napa

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।छबिसपाथिभेरा गाउँपालिकाका ती युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। १६ वैशाखमा आफ्ना बुवासँग बिहे हेर्न मामाघर गएकी ती बालिकालाई युवकले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका हुन्।

पीडितका बुवासँगै बिहे भोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ।

घटनापछि फरार अभियुक्तलाई १९ गते साँझ थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। बलात्कृत बालिकामा शारीरिक र मानसिक समस्या आएपछि उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको उनले बताए।

 


२० वैशाख २०७९, मंगलवार १८:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु