punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वच्छ भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा सरोकारवाला निकायको जोड

Chaupati
safha napa

स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिइएको छ । दलित महिला अधिकार मञ्च नेपाल र एफएमडिसीले धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिएका हुन् । दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष साबित्रा घिमिरेले कुनै पनि नागरिकले सहज रुपले भोट हाल्न पाउनुपर्ने बताइन् । उनले भनिन, ‘कसैको दवावमा आएर मतदान गर्न हुदैँन, स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्छ,’। स्थानीय निर्वाचनलाई सहज बनाउन सम्वन्धीत निकायले ध्यान दिनुपर्ने बताइन् । यस्तै उनले यस पटकको निर्वाचनमा महिलाको सहभागिता न्युन भएको बताइन् । उनले महिला उम्मेददार कम भएको हुँदा यस बिषयमा आगामी दिनमा ध्यान दिनुपर्ने बताइन् ।

स्थानीय निर्वाचनमा महिला तथा दलित महिलाहरुको सहभागिता न्युन रहेको एफएमडिसीका कार्यकारी निर्देशक उमीद बागचनले बताए । उनले भने, ‘संविधानले महिला, आदिवासी, जनजातिको राजनीतिक सहभागिता सुनिश्चित गरेको छ । तर, दलहरु र पाँच दलीय गठबन्धनले यो कुरालाई ध्यानमा दिएको छैन् ।’ नेतृत्वमा दलित तथा महिलाहरुको सहभागितामा वृद्धि हुनुपर्ने उनको भनाइ छ ।

गैसस नेपालका प्रदेश अध्यक्ष देबि प्रसाद खनालले निर्वाचनलाई निष्पक्ष र बिस्वसनिय बनाउन राजनीतिक दलले महत्वपूर्ण महत्वपूर्ण भूमिका खेल्ने बताए । नागरिक मात्रै नभएर यसमा राजनीतिक दलको पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए । नागरिक समाजले यसमा खबरदारी गर्नुपर्ने उनको भनाई छ । स्थानीय तह निर्वाचन धेरै खर्चिलो भइरहेको हुँदा यसमा सम्वन्धीको ध्यान जानुपर्ने उनको भनाई थियो । अपांङता, बृद्धबृद्धा, महिला तथा गर्भवती महिलालाई भोट हाल्न जादाँ सहज वातावरण बनाउनुपर्ने उनले बताए ।
यस्तै उम्मेदवारहरुको प्रतिवद्धता लिने र निर्वाचित भएपछि ती प्रतिवद्धता पुरा भए नभएका बारे प्रश्न गर्ने पनि गर्ने मञ्चको दाबी छ । बिभीन्न समयमा मञ्चले निर्वाचन सम्वन्धी जिल्ला तथा प्रदेश स्तरीय कार्यक्रमहरु गर्दै आएको छ ।


२० वैशाख २०७९, मंगलवार १९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु