punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दाङमा दुई जनाको मृत्यु

Chaupati
safha napa

तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किँदा पुरिएका एक युवाको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपछि आज फेला परेको हो ।

गत शनिबार बिहान साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माटोको ढिस्कोले पुरिएपछि स्काभेटर प्रयोग गरेर शव निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिएका छन् ।

करिब ४० फिट गहिरो कुवा खन्ने क्रममा चौधरी पुरिएका थिए ।
यसैगरी खोलाले बगाउँदा बबई गाउँपालिका–४ हस्नापुरकी १७ वर्षीया सन्ध्या परियारको मृत्यु भएको छ ।

सोमबारको वर्षाका कारण बाढी आएका बेला हस्नापुर खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको थियो । घटनालगत्तै प्रहरी टोलीले बगेको स्थानबाट १५० मिटर दक्षिणबाट उनको उद्धार गरेको थियो । गम्भीर अवस्थामा फेला परेका उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुुर्‍याएलगत्तै मृत्यु भएको थियो ।

प्रकाशित मिति स् २० बैशाख २०७९, मंगलबार ३ स् १४ बजे


२० वैशाख २०७९, मंगलवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु