इन्डियन प्रिमियर लिग: राजस्थानविरुद्ध कोलकाताकाे सहज जित
राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ ।
सोमबार राति राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ४८ रन बनाए । यस्तै रिन्कु सिंहले ४२ रनको योगदान गरे ।
यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे ।
जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौँ स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।
२० वैशाख २०७९, मंगलवार ०८:३८ बजे प्रकाशित































