धनकुटामा भेटियो एक हजारको नक्कली नोट
धनकुटामा एक हजारको नक्कली नोट भेटिएको छ । धनकुटास्थित एक पसलबाट एक हजारको एउटा नक्कली नोट फेला परेको हो ।
धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
तिम्सिनाले नक्कली नोट फेला परेको भनी प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५/८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए । सो नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसान्धान भइरहेको प्रहरी जनाएको छ ।
१७ वैशाख २०७९, शनिवार १४:३२ बजे प्रकाशित













