punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीले खोस्यो सुदूरपश्चिम ईञ्चार्ज भट्टको अधिकार

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रले निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलाई दिएको अधिकार खोसेको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र केही अन्य स्थानीय तहमा प्रदेश कमिटीको निर्णयविपरीत उम्मेदवार मनोनयन गर्न लगाएपछि पार्टीले निर्वाचन आयोगको अभिलेखमा रहेको उनको दस्तखत हटाएर परिवर्तन गरेको हो।

माओवादी केन्द्रको आग्रहमा आयोगले भट्टको स्थानमा प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर कायम गरेको छ।

शुक्लाफाँटा नगरपालिकाको प्रमुख पदमा सुदूरपश्चिम प्रदेश समितिले लोकबहादुर ऐरको नाम सिफारिस गरेको थियो। तर, इन्चार्ज भट्टले निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित भएर नवराज ऐरको नाम दर्ता गराएका थिए।

भट्टको निर्णयविरुद्ध नगरका बहुमत वडाहरुले विरोध गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र पठाएपछि विवाद उत्कर्षमा पुगेको थियो।

नेता भट्टले बाजुरा र डडेल्धुरामा पनि केही उम्मेदवार फेर्नुका साथै मनोनयन गरेकालाई समेत जबर्जस्ती फिर्ता लिन लगाएका थिए।

 


१७ वैशाख २०७९, शनिवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु