रियल मड्रिडविरुद्ध सिटीकाे राेमाञ्चक जित
यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएको छ । म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुवै टोली आक्रमणमा केन्द्रित रहँदा पहिलो लेगमै सात गोल प्रहार भयो ।
इग्लिस प्रीमियर लिग लिडरसमेत रहेको सिटीले सुरुवात २-० को अग्रता गुमाएको थियो । खेलको पहिलो हाफमा तीन गोल हुँदा दोस्रो हाफमा चार गोल थपिए । सिटीको जितमा केभिन डे ब्रुयन, गाब्रीयल जेसुस, फिल फोडेन र बर्नाण्डो सिल्भाले १(१ गोल गरे । भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलको लागि करिम बेन्जेमाले एक पेनाल्टीसहित जम्मा २ गोल गरे । यस्तै भिनिसिअस जुनियरले १ गोल गरे ।
पराजित बाबजुद रियलले अवे खेलको फाइदा भने उठाएको छ । पेरिसमा हुने फाइनल पुग्न दोस्रो लेगमा सिटीलाई बराबर काफी छ भने रियललाई जितको विकल्प छैन । दोस्रो लेग अब रियलको घरेलु मैदानमा ५ मेमा हुनेछ ।
१४ वैशाख २०७९, बुधवार ०९:२१ बजे प्रकाशित































