पत्रकार महासङ्घ डोटीको उपाध्यक्षबाट रावलले दिइन् राजीनामा
नेपाल पत्रकार महासङ्घ डोटी शाखाको उपाध्यक्ष पदबाट सुनिता रावल जोराले राजीनामा दिएकी छन् । शिखर नगरपालिकाको नगर उपप्रमुख पदको लागि उम्मेदवारी दिएपछि उपाध्यक्ष पदबाट उनले राजीनामा दिएकी हुन् ।
उनले दिएको राजीनामा पत्रमा लेखिएको छ ,‘ पदमा रहेर श्रमजीवी पत्रकारहरूको हक अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जिम्मेवारी निर्वाह गर्दै आएकोमा नगर उप प्रमुख पदको लागि उम्मेदवारी दिएको हुँदा पत्रकार आचारसंहिताको मर्मलाई मध्यनजर गदै सो पदबाट यो राजीनामा पत्र पेश गरेकी छु ।’
त्यस्तै रावलले विगत लामो समय देखि काम गर्दै आएकी सरकारी सञ्चार माध्यम रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलबाट कार्यक्रम सञ्चालक तथा उद्घोषक पदबाट पनि राजीनामा दिएकी हुन् । उनले नेपाली कांग्रेसवाट नगर उप-प्रमुखमा टिकट पाएकी हुन् ।
१३ वैशाख २०७९, मंगलवार १७:२० बजे प्रकाशित































