punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगलागी पिडितलाई मन्त्री रावल र राज्यमन्त्री रैकाद्धारा राहत वितरण

Chaupati
safha napa

मुक्तकमैया शिविरमा आगलागीपछि आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले राहत बितरण गरेका छन् ।कैलालीको कैलारी गाउँपालिका-७, विपतपुरमा आइतबार आगलागीका कारण बिचल्लीमा परेका परिवारलाई मन्त्री रावल र सामाजिक बिकास राज्यमन्त्री टेकबहादुर रैकाले संयुक्त रुपमा राहत बितरण गरेका हुन् ।

आगलागीबाट घरवार बिहिन परिवारलाई मन्त्रीले बस्दोबन्दी र खाद्य समाग्रीहरु बितरण गरेका हुन् । राहत बितरण गर्न मुक्तकमैया शिविर विपतपुर पुगेका मन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारले अन्य सामाजिक संघसंस्थाको समन्वयमा थप राहतको ब्यबस्थापन गर्ने बताए ।

आगलागीबाट सो बस्तीमा ६० भन्दा बढी घरमा क्षतीभएको बताइएको छ । गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट घरवार बिहिन भएकाहरु स्थानिय बिद्यालय र छरछिमेकमा बसेका छन् ।


१३ वैशाख २०७९, मंगलवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु