punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अपडेट : १ लाख ४१ हजारभन्दा बढीले दर्ता गराए उम्मेदवारी

Chaupati
safha napa

यहि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४१ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले दिएको तथ्यांकअनुसार बिहान १०: १५ बजेसम्ममा १ लाख ४१ हजार ४ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसअनुसार नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका प्रमुखमा गरी ३ हजार ३ सय १८, गाउँपालिका प्रमुखमा ३ हजार ३ सय ६ जना रहेका छन् ।

त्यसैगरी उपमेयरमा २ हजार ३६ जना, गाउँपालिका उपप्रमुखमा २ हजार ३ सय ४३ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ३३ हजार १ सय ११ जनाले वडाध्यक्ष, महिला सदस्यमा २४ हजार २ सय ८३ जना र ५१ हजार ९२ जनाले वडासदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनका लागि समय छुट्टयाइएको थियो । जसमा आज उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ ।

 


१३ वैशाख २०७९, मंगलवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु