मंगलबार सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर
आज सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले घटेको महासंघले जानकारी दिएको छ । यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ थियो ।
प्रतितोलाले ९०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । आज चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ ।
१३ वैशाख २०७९, मंगलवार ११:२८ बजे प्रकाशित































