punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गभर्नर निलम्बन मुद्दामा अन्तरिम आदेशबारे छलफल हुँदै

Chaupati
safha napa

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा मंगलबार अन्तरिम आदेशबारे छलफल हुने भएको छ।अन्तरिम आदेशबारे छलफलका लागि न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा पेसी तोकिएको छ। सरकारले गभर्नर अधिकारीलाई चैत २५ गते निलम्बन गरेको थियो।

तर सर्वोच्च अदालतले वैशाख ७ गते अल्पकालीन अन्तरिम आदेश दिँदै काममा फर्काएको थियो। अल्पकालीन आदेशसँगै अधिकारी भोलिपल्टै कार्यालयमा हाजिर भएका हुन्।तर त्यो आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने आजको छलफलपछि सर्वोच्चले आदेश जारी गर्नेछ।

अन्तरिम आदेशलाई निरन्तरता नदिएमा भने अधिकारी निलम्बनमा पर्नेछन्। तर यसअघि नै उनलाई काममा फर्किन आदेश दिइसकेकाले यो सम्भावना कम छ।गभर्नर निलम्बनपछि सरकारले पूर्वन्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिलाई पनि तत्काल काम नगर्न सर्वोच्चले भनेको छ।

सरकारले प्रक्रिया नपुर्याई आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन्।


१३ वैशाख २०७९, मंगलवार १२:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु