एमाले देशव्यापी मात्र होइन, नेपालीव्यापी छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशभित्रमा सिमित नरहेर नेपालीव्यापी बनेको बताएका छन्। स्थानीय तह निर्वाचनको घोषणा सार्वजनिक गर्न शुक्रबार आयोजित कार्यक्रममा उनले नेपाली रहेको विश्वको जुनसुकै देशमा पनि एमाले रहेको बताए।
‘जहाँ नेपाली, त्यहाँ एमाले’ ओलीले भने, ‘संसारको जुनकुनै कुनामा एमाले छ। मुख्य पुँजी नै यही सफलता नै यही हो। सरकारमा पुगियो, चलाइयो। त्यो पुँजी होइन। भरपर्दो पुँजी नेपाली जनताको आशिर्वाद र विश्वास पाउन सफल भएका छौं।’
उनले सरकारबाट जालझेल गरेर हटाएको बताउँदै त्यहा पनि प्रशन्न नै रहेको बताए।’सरकारबाट हटाउँदा पनि हामी किन प्रशन्न छौं भने जनजनमा एमाले छ,’ उनले थपे, ‘नेकपा एमालेको यो सफलता हो।’
नेपालमा कम्युनिष्ट पार्टी ७३ वर्ष पुग्दा एमाले नै यसको मूलधार हुनु ठूलो सफलता भएको ओलीको भनाइ थियो।
९ वैशाख २०७९, शुक्रवार १६:४४ बजे प्रकाशित































