punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी, तल्ला कमिटीलाई सर्कुलर

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका लागि सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने भएको छ । उक्त पार्टीले सुदूरपश्चिमका ८८ पालिकासहित सम्पूर्ण वडामा उम्मेदवारी दिने भएको हो ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले तल्ला कमिटीहरूलाई आन्तरिक सर्कुलरमार्फत यस्तो नीति तय गरेको हो । सत्ता गठबन्धनको शीर्ष नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयर कांग्रेसलाई दिने निर्णय गरेको थियो ।

उपमेयरको स्वाभाविक दाबेदार एकीकृत समाजवादीलाई उक्त उम्मेदवारीबाट वञ्चित गरिएपछि समाजवादीको स्थानीय नेतृत्वमा आक्रोश चुलिएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदको सबभन्दा ठूलो दल हो ।

उक्त दलले धनगढीमा माओवादीको तुलनामा आफ्नो स्थिति सुदृढ रहेको दाबी गर्दै आएको छ । तर, उपमेयरको उम्मेदवारी माओवादीलाई दिने निर्णयले धनगढीको जनमतमाथि धाबा बोलिएको भन्दै समाजवादीका स्थानीय नेताहरू असन्तुष्ट छन् ।

जनतामाझ पार्टीको जबर्जस्त उपस्थिति देखाउन सबै ठाउँमा उम्मेदवारी दिन लागिएको प्रदेश कमिटीका एक नेताले बताए । समाजवादीले यस्तो निर्णय लिएपछि कांग्रेस भने झस्किएको छ ।

गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगरमा कांग्रेसलाई प्रमुख र उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ । वडाहरुमा समाजवादीलाई सम्मानजनक उम्मेदवारी दिने केन्द्रको निर्णय छ ।

धनगढी उपमहानगरमा जसले जस्तोसुकै गठबन्धन गरे पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल हेभिवेट मानिएका छन् ।


९ वैशाख २०७९, शुक्रवार १५:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु