लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छौ : एसपी राठौर
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले लागुऔषध नियन्त्रण गर्नमा आफूले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
बुधबार कार्यलयमा पत्रकार सँगको परिचयात्मक कार्य उनले यस्तो बताएका हुन् ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न अपराध नियन्त्रण र अनुसन्धानमा ध्यान दिँदै लागुऔषध नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्ने एसपी राठौरले बताए ।
जिल्लामा अपराध नियन्त्रण गर्ने र अनुसन्धान गर्ने नै मुख्य योजना रहेको उनको भनाई छ ।
लागुऔषधको प्रयोगकर्ता भन्दा पनि डिलरलाई बढी फोकस गरेर कारबाही गर्ने बताए ।
कैलालीका एसपी विश्व अधिकारीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौँमा काजमा सरुवा भएपछि प्रहरी प्रधान कार्यालय काठमाडौँ नक्सालबाट राठौरलाई उनको ठाँउमा पठाइएको हो । एसपी राठौर तीन दिन अघि मात्रै कैलालीमा आएका हुन् ।
७ वैशाख २०७९, बुधवार २१:२२ बजे प्रकाशित































