punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अष्ट्रेलियन नागरिकद्वारा सुदूरपश्चिमलाई सहयोग

Chaupati
safha napa

अष्ट्रेलियन नागरिक अमाण्डा भागनले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेकी छिन् । धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा एक महिनाका लागि स्वयम्सेवी शिक्षिकाका रुपमा सेवा गर्न आएकी उनले यहाँका विभिन्न सामाजिक कृयाकलापमा सहभागी हुँदै नगद सहयोग गरेकी हुन् ।
अमाण्डा भागनले सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत छात्राहरुको सेनेटरी प्याड किन्नका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । उनले सोही क्याम्पसमा स्नातक तहमा अध्ययनरत एकजना दृष्टिविहीन विद्यार्थीलाई ५ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।

सडक कुकुरहरुको संरक्षण तथा उपचारमा सहयोग पुगोस् भनेर अमाण्डाले थप ५ हजार रुपैयाँ हस्तान्तरण गरेकी छिन् । उनले पु¥याएको योगदानका लागि सुदूरपश्चिमाञ्चल क्याम्पसले हार्दिक आभार प्रकट गरेको छ ।
स्वयम्सेवी शिक्षिकाका रुपमा उनले सुदूरपश्चिमाञ्चल क्याम्पसमा एक महिना अंग्रेजी भाषा अध्यापन गराएकी थिइन् । धेरै विद्यार्थीको उच्च शिक्षाको गन्तव्य मुलुक अष्ट्रेलियाका बारेमा उनले विभिन्न जानकारी प्रदान गर्नुका साथै सास्कृतिक दुतको भुमिका समेत निर्वाह गरेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

विद्यार्थीको वृहत्तर हितलाई ध्यानमा राखी क्याम्पसले शैक्षणिक ज्ञान आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिने पनि उनले बताए ।


७ वैशाख २०७९, बुधवार १८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु