धनगढीको मेयरमा एमालेबाट तीन जनाको नाम सिफारिस
धनगढी उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट तीन जनाको नाम सिफारिस भएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मेयरका लागि तीन जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको हो ।
नगर कमिटीले जिल्लालाई सिफारिस गरेकोमा जिल्लाले प्रदेशलाई सिफारिस गरेको हो । रणबहादुर चन्द, दुर्गा जोशी र जीवन बमको नाम सिफारिस भएको हो ।
चन्द एमालेका पूर्वजिल्ला उपाध्यक्ष हुनु। जोशी गत निर्वाचनमा मेयरमा पराजित भएका थिए । उनी वर्तमान जिल्ला उपाध्यक्ष हुन् । यस्तै बम भने प्रदेश सदस्य हुन् ।
६ वैशाख २०७९, मंगलवार २३:१४ बजे प्रकाशित































