सत्ता गठबन्धनको बैठक सर्यो
सत्ता गठबन्धनको आजको बैठक दिउँसो २ बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो २ बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
६ वैशाख २०७९, मंगलवार ११:०१ बजे प्रकाशित































