punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हात्तीको बथान गाउँ पस्न नदिन साइरन जडान

Chaupati
safha napa

हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका ८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ। चुरे क्षेत्र नजिकैको बस्तीमा हात्ती छिरेर नोक्सान पुर्याउने भएकाले साइरन जडान गरिएको हो।

‘बस्ती नजिकै हात्ती देखिनासाथ साइरनको स्वीच थिन्छि’, बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुरसिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहन्छन्। यसबाट बालीनालीसँगै ज्यान जोगाउन सहज हुन्छ।’ साइरनको आवाज तीन किलोमिटर सम्म सुन्न सकिन्छ ।

साइरन बजाउनका लागि एक जना कर्मचारीको समेत व्यवस्था गरिएको छ । सामुदायिक वन समन्वय समिति ९सीएफसीसी० बाणि र तराइ भू परिधि कार्यक्रम (ताल)को सहयोगमा जंगली हात्ती नियन्त्रण पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ। साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटा लगायत तीन ठाउमा जडान गरिएको छ।

भारतको दुधुवा नेसनल पार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने हात्तीको बथानले स्थानीय किसानले खेतमा लगाएको अन्नबाली खानुका साथै प्रत्येक वर्ष मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ। साइरन जडानको कार्यले जंगली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ।

 


६ वैशाख २०७९, मंगलवार १०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु