punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशकै ठूलो धनराशिको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता धनगढीमा हुँदै

Chaupati
safha napa

धनगढीमा सोमबारबाट प्रथम मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु हुने भएको छ । कैलाली जिल्ला कबड्डी सघंको आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेदेखि ७ गतेसम्म हुने बताइएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ ।

अहिलेसम्मकै ठूलो धनराशिको कबड्डी प्रतियोगिता भएको दाबी गर्दै आयोजक कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमलराज पन्तले भने,‘यो अहिलेसम्मकै ठूलो धनराशिको प्रतियोगिता हो, जुन हामीले सुदूरपश्चिममा सुरुवात गरेका छौँ ।’

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, र तेस्रो हुनेलाई ४० हजार रुपैयाँका साथै उत्कृष्ट खेलाडी ५ हजार नगद पुरस्कार रहेको अध्यक्ष पन्तले बताए । सोमबार पहिलो खेल गण्डकी प्रदेश र नेपाली सेना बीच हुनेछ । प्रतियोगितामा जम्मा खर्च २२ लाख लाग्ने अनुमान गरिएकोे आयोजकले जनाएको छ ।


४ वैशाख २०७९, आइतवार १७:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु