पल शाह प्रकरण : बकपत्रमा बालिकाले आफ्नो बयान फेरिन्
पल शाह प्रकरणमा पीडित पक्षबाट बकपत्र दिन सुरु भएको छ । बकपत्रमा पीडित बालिकाले आफ्नो बयान फेरेकी छन् । उनले पलले बलात्कार गरेको नभई उक्साहटमा उनीविरुद्ध जाहेरी दिएको कुरा बकपत्रमा उल्लेख गरेकी छन् ।
तनहुँ जिल्ला अदालतमा आइतबारबाट बकपत्र सुरु मात्र भएको अधिवक्ता मोहना अन्सारीले बताइन् ।
उनले भनिन्, ‘बकपत्रमा पीडित बालिकाले बयान दिएकी छन् । अब उनका बालगायत कागज गर्नेहरूको पनि बयान हुन्छ । सार्वजनिक भएको अडियोमा बोल्नेहरूको पनि बयान हुन्छ । अझै ७/८ जनाको बाँकी छ ।
बालिकाले पलले आफूलाई बलात्कार गरेको नभई आफूले अरुको उक्साहटमा जबर्जस्ती करणीको जाहेरी दिएको बयान दिएकी थिइन् ।
४ वैशाख २०७९, आइतवार १९:५८ बजे प्रकाशित






























