punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

Chaupati
safha napa

धनगढीमा ११ वर्षीया  बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका -४ का स्थानीय जगत कुँवरलाई बालिकामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कुँवरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ।

आरोपित कुँवरले बुधबार दिउँसो साढे १ बजेको समयमा बालिकाको घरमा प्रवेश गरी कोठाभित्र बसिरहेकी बालिकामाथी हातपात गरेको र त्यो कुरा बालिकाले अपरान्हतिर अभिभावकलाई भनेपछी घटना बाहिरिएको हो । आरोपित जगत घटनालगत्तै फरार भएका थिए ।

कुवँरलाई गत चैत ३० गते नै पक्राउ गरिएको र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 


२ वैशाख २०७९, शुक्रवार २२:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु