punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसमः पश्चिमी साथै स्थानीय वायुको सामान्य प्रभाव

Chaupati
safha napa

हाल नेपालमा पश्चिमी साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। यस्तै पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।


३ वैशाख २०७९, शनिवार ०७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु